३ मंसिर २०७४, आईतवार

आशिष केसी

सल्यानमा प्रतिनिधिसभाका उम्मेदवारलाई लक्षित गरि बम बिस्फोट भएको छ । सल्यानको दार्मा फारुला चौरमा विना विभागीय मन्त्री तथा उम्मेदवार टेकबहादुर बस्नेत पुगेको समयमा उहाँलाई लक्षित गरि बम विस्फोटन गराइएको हो । चुनावको विथोल्न सक्रिय समूहले विस्फोटन गराएको आशङ्का गरिएको छ ।

स्थानीय बासिन्दाका अनुसार बिहानै भएको विस्फोटबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । सल्यानका प्रहरी नायब उपरीक्षक भरतकुमार बिकले नभएर रेडबुलको डिब्बामा विस्फोटक पदार्थ राखेर विस्फोट गराइएको जानकारी दिनुभयो ।

LIVE TV