३ मंसिर २०७४, आईतवार

चितवन ।  प्रकाश दाहालको निधनले चितवन क्षेत्र नं ३  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला र चुनावी क्षेत्र भएकाले प्रकाशको निधनसँगै त्यहाँका सर्वसाधारण चिन्तामा छन् ।

प्रकाशको निधनसँगै वाम र लोकतान्त्रिक गठबन्धनले आइतबारका सबै चुनावी प्रचारका कार्यक्रम स्थगन गरेको छ ।जिल्लाका तीनवटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका सवै कार्यक्रम स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिएको हो  ।

यही मङ्सिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा पनि हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरिए ।

 

LIVE TV