३ मंसिर २०७४, आईतवार

माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’का कारण राति ३ बजे नै भएको नर्भिक अस्पतालले जनाएको छ ।

केहीबेर अघि अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टर यादव भट्टले अस्पताल ल्याउनुभन्दा ३ घण्टा अघि नै उनको निधन भइसकेको बताए ।प्रकाशलाई श्रद्धाञ्जली दिन माओवादी नेता कार्यकर्ता सयौंको घुइँचो लागेको छ।

प्रकाश दाहालको पार्थिव शरिरलाई हाल पार्र्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ र बेलुकी ४ बजे पछी  उनको दाहसंस्कार गरिने छ ।यसैबीच मुख्यालय पेरिसडाँडामा प्रकाशलाई श्रद्धाञ्जली दिन माओवादी नेता कार्यकर्ताको भिड  लागेको छ।

 

 

LIVE TV