
काठमाडौँ । पुत्र प्रकाशको निधनको खबर सुने वित्तिकै झापाका बाँकी चुनावी कार्यक्रम रद्द गरेर काठमाडौं फर्कनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकै गम्भीर बन्नु भएको छ । उहाँ काठमाडौं फर्के लगत्तै नर्भिक इन्टरनेशनल अस्पताल पुग्नुभएको छ ।
उहाँका साथमा पत्नी सीता दाहाल र प्रकाश दाहालकी पत्नी बिना मगर पनि अस्पताल पुग्नुभएको छ । प्रकाश आज बिहान अचेत अवस्थामा घरमै भेटिएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएको थियो ।
काठमाडौ फर्किए वित्तिकै अध्यक्ष दाहाल सोझै निजी निवास लाजिम्पाट पुगेर परिवारजनसंग छलफल समेत गर्नुभएको थियो ।परिवारजनसंगको छलफल पछि उहाँले तीनवटा सुरक्षा निकायका प्रमुखहरुसंग लाजिम्पाटमा नै छलफल गर्नु भएको थियो ।