
काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनप्रति समबेदना ब्यक्त गर्दै विभिन्न राजनीतीक दलहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
विभिन्न सामाजिक संजाल मार्फत राजनितिक दलका नेताहरुले यसरी समबेदना ब्यक्त गरेका छन्-
लाजिम्पाटस्थित निवासमा अचेत भएपछि प्रकाश दाहाललाई आज बिहान काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई हृदयघात भएको हुनसक्ने आशंका गरिए पनि अस्पतालले आधिकारिक रुपमा केही बताएको छैन । अस्पतालले भर्ना गरिएको मात्र भनेको छ । छोरा अस्पताल भर्ना भएपछि प्रचण्ड झापाबाट हेलिकोप्टरमार्फत काठमाडौं आउँदैछन् । त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।