
मानव तस्करीको खास अखडा बन्दै राष्ट्रिय खेलकुद परिषद्
सरकारी पदमा बसेका र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरि विदेश पठाईदिने भनि ठगी धन्दा गर्नेहरुको संख्या ठूलो छ । यस्तै धन्दा गरिरहेका छन् राष्ट्रिय खेलकुद परीषदका पश्चिमाञ्चल सदस्य फत्तेबहादुर गुरुङले ।
खेलकुद परिषदका सदस्य गुरुङले आफ्नो पदको दुरुपयोग गरेर खेल खेल्नै नजानेका व्यक्तिलाई समेत करातेको व्ल्याक बेल्ट दिलाएर जापान पठाउने भन्दै १० लाख रुपैयाँ लिए । रकम दिने नक्कली खेलाडी हुन् रुकुमका देवानन्द रोका । उनलाई मार्सल आर्टका दुई चर्चित विधा कराते, तेक्वान्दो कुनै पनि खेल आउँदैन तर उनको साथमा एक दर्जन बढि कराते खेलमा प्रथम भएका प्रमाणपत्र छन् ।
उनीसँग नेपाल सितेरीयो कराते बगर डोजो ,नेपाल कराते संघ, खुल्ला राष्ट्रिय कराते छनोट प्रतियोगिता २०१६, नेपाल कराते फेडेरेसन बगर डोजो, राष्ट्रिय खेलकुद परीषदद्वारा आयोजित सितेरीयो कराते डो कोफुन नेपाल, सितोरियो सेइकोकै कराते काता कुुमुता जापान, नेपाल सितेरियो कराते एशोशियसन लगाएतले आयोजना गरेका हरेक खेलमा उनि प्रथम भएका छन् । यि प्रमाणपत्रमा उल्लेख भएका विभिन्न व्यक्तिका हस्ताक्षर र क्लब पश्चिमाञ्चल सदस्य गुरुङ आँफैले बनाएका हुन ।
यसरी नक्कली प्रमाण पत्र देखाएरै जापान हुने खेलमा सहभागी हुने भन्दै जापान लैजाने भन्दै फत्तेबहादुर गुरुङले दुइ पटक गरी १० लाख रुपयाँै लिएका थिए । पछि लैजान नसकेपछि ३ लाख त फिर्ता गरे ७ लाख भने अझै फिर्ता गरेका छैन्न । पैसा फिर्ता माग्दा उल्टै धम्काउने गरेका छन् । गाँउको खेत बेचेर जापान जान लागेका उनि फत्तेबहादुर जालमा परेपछि अहिले सडकमा आउने अवस्थामा छन् ।
खेलकुद परिषदमा हाली मुलाही गर्नेहरुले यस अघि पनि धेरै व्यक्तिलाई यसरीनै नक्कली प्रमाण पत्र बनाई विदेश पु¥याईसकेका छन् । खेलकुदका लागि सिन्को नभाँचेका व्यक्तिहरु खेलकुद परिषदमा पुगी मानव तस्करीको धन्दालाई राम्ररी मलजल गरिरहेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवा देशको प्रधानमन्त्री भएको लगभग पाँच महिना भईसक्यो । तर यो हेर्नुहो्स खेलकुद परिषदको वेभसाईटमा अझै पुस्पकमल दाहाल देशका प्रधानमन्त्री छन् । यसवाटै स्पष्ट हुन्छ खेलकुद परिषदले के काम गर्छ भनी ।