
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भारत भ्रमणमा आउने भ्रमण तालिका तयार भएको छ । उहाँ अर्को वर्षको जनवरीमा तीन दिनका लागि औपचारिक भ्रमणमा आउने तयारी भएको समाचार श्रोतले शनिबार जनाएको छ ।
सन् २००३ पछि भारत भ्रमण गर्ने नेतान्याहु दोस्रो इजरायली प्रधानमन्त्री हुुनुहुने भएको छ । भारत र इजरायल बीचको कुटनीतिक सम्वन्ध स्थापना सन् १९९२ मा भएको थियो ।
भारतमा उहाँको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमेदवादबाट सुरु हुने भएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई भारतीय प्रधानमन्त्री मोदीले नै आफ्नो गृहनगरमा जनवरी १४ तारिखका दिन भ्रमण गराउनुहुने भएको छ ।
“व्यापार, कृषि र नविनोत्पादन दुई देशका प्रधानमन्त्रीको छलफलका मुख्य एजेण्डा हुने छन्,” श्रोतले भन्यो । गुजरातपछि इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको राजधानी नयाँदिल्ली आउनुहुने तालिका रहेको छ ।
नयाँदिल्लीमा उहाँले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटबार्ता गर्नुहुनेभएको श्रोतले जनाएको छ । “नेतान्याहुले विश्वका सात आश्चर्य मध्य एक मानिने ताज महलको पनि अवलोकन भ्रमण गर्ने संभावना रहेको छ,” श्रोतले भन्यो ।