२ मंसिर २०७४, शनिबार

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा शनिबार अपरान्ह भएको वम विस्फोटमा परि ९ जना घाईते भएका छन भने ३ को अवस्था गम्भीर रहेको छ । वाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरि गराइएको वम विस्फोट कस्ले गराएको हो भन्ने बारेमा खुल्न सकेको छैन ।

चन्द्रनिगाहरपुरको राधाकृष्ण मन्दिर नजिक आयोजित वाम गठबन्धनको कार्यक्रम समापन भएर चिया खाजा खाँदै गर्दा विस्फोट भएको बताइएको छ । प्रहरीका अनुसार टाइम बम विस्फोट गराइएको हो । घाईतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । बम विस्फोट पछि घटनास्थल नेपाली सेनाको नियन्त्रणमा रहेको छ ।

 

LIVE TV