
काठमाडौ ।धान्य पूर्णिमाका दिन मनाइने ज्यापू दिवसको अवसर पारेर दगु दापा खलःले काठमाडौंमा शनिबार साइकल ¥यालीको आयोजना ग¥यो । ज्यापू संस्कृति विकास कोषद्वारा आयोजित १४ औ राष्ट्रिय ज्यापू दिवस समारोह साइकल ¥याली आयोजना गरेको हो ।
ज्यापू दिवसको अवसरमा ज्यापूहरुलाई समेटेर आफ्नो मौलिक संस्कृति ,परम्पराको संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले ¥यालीको आयोजना गरिएको ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले बताउनु भयो ।
१४ औं राष्ट्रिय ज्यापु दिवस आगामी मंसिर १७ गते विभिन्न कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । टेकुबाट निकालिएको साइकल ¥याली लगन, ओमबहाल, न्यूरोड, इन्द्रचोक, मखन, भीमसेनस्थान, पुरानो नैकाप, चहचोक, सतुंगल हुँदै कीर्तिपुरको पाँगामा पुगेर टुंगिएको थियो ।