२ मंसिर २०७४, शनिबार

काठमाडौं । सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएको फिल्म ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन् ।

गीतको भिडियोमा सुलेमान शंकर(इकु) र नव(नायिका क्रिष्टिना पौडेलले फिचरिङ गरेका छन् । गीतको भिडियोलाई कबिराज गहतराजले निर्देशन गरेका हुन् । पौष १४ गते रिलिज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मलाई रवि डंगोलले निर्देशन गरेका हुन् । यस फिल्मको निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

https://youtu.be/LHZHwoyG7hg

LIVE TV