
रसुवा । १७ केजी सुनसहित एक जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ । केरूङबाट अबैधरुपमा बोलेरोमा सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी टिमुरेले पक्राउ गरेको हो ।
रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय कार्साङ दावा तामाङलाई प्रहरीले पक्राउ गरेको हो । केरूङबाट नेपालतर्फ आउँदै गरेको बा ११ च ७९१८ नम्बरको बोलेरोमा फल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा १७ केजी सुन फेला परेको हो । ट्वाइलेट पेपर र सर्फ बोकेर आएको उक्त बोलेरोमा सामान राख्ने ठाउँमा नै फल्स बटम बनाएर सुन ल्याएको प्रहरीको भनाई छ ।