ज्योति कुमार पन्थी
सरकारले आगामी २०२० सम्ममा नेपाललाई नै बालश्रम मुक्त देश घोषणा गर्न प्रतिवद्धता जनाएपछि अहिले बर्दिया जिल्लामा पनि बालश्रम मुक्त घोषणा अभियान शुरु भएको छ । बर्दिया जिल्लाको ६ नगरपालिका र २ गाउँपालिका मध्ये पहिलो पटक बढैयाताल गाउँपालिकालाई पहिलो पटक निकृष्ट बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको हो ।
बर्दिया जिल्लाको बढैयाताल गाउँ पालिकालालाई शुक्रबार एक कार्यक्रमकाबीच निकृष्ट बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको हो । बढैयाताल गाउँपालिकालाई बालश्रममुक्त गाउँपालिका घोषणा गर्नका लागि तीन बर्ष पहिला देखि प्लान नेपालको आर्थिक सहयोग र राधाकृष्ण थारुजनसेवा केन्द्रले बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दे आई रहेका थिए । बर्दिया जिल्लामा रहेका बिभिन्न प्रकारका निकृष्ट प्रकारका बालश्रम हटाउन अभिभावक शिक्षा देखि विविध प्रकारका कार्यक्रम सञ्चालन गरि बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको युवा महिला समुहका अध्यक्ष सजना थारुले जानकारी दिइन ।
बर्दिया जिल्लालाई नै सन २०२० सम्ममा बालश्रम मुक्त जिल्ला घोषणा गर्नका लागि बिगत तीन बर्ष देखि नै बिभिन्न क्षेत्रमा राधाकृष्ण थारु केन्द्रले कामगर्दे आई रहेका छन् । बालबालिकाका अभिभावकलाई बिभिन्न किसिमका रोजगारमुलक कामहरु गर्न लगाई श्रममा सम्लग्न बालबालिकालाई उद्धार गरी पहिलो पटक बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका अध्यक्ष दिनेश श्रेष्ठको भनाई छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्रलले बर्दिया जिल्लामा २०७२ सालमा गरेको बिस्तृत सर्वेक्षणमा जिल्ला भित्र र बाहिर गरि कुल ६ सय ९२ जना बालबालिकाहरु घरेलु श्रम, यातायात, होटल, पसल लगायका क्षेत्रमा काम गर्दे आएकोमा हालसम्म ४ सय ४६ जना बालश्रमिक आफनो घर फिर्ता भई सकेका छन । बाँकी १ सय ११ जना अहिले पनि मौसमी रुपमा काममा जाने गरेका छन । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा निकृष्ट प्रकारको बालश्रमिक नभएका कारण बालश्रम मुक्त गाउँपालिका घोषणा गरिएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा बस्नेतको भनाई छ ।
बर्दिया जिल्लामा घरधुरी सर्वेक्षण अहिले पनि ७९ जना बालश्रमिक रहेको देखिन्छ । कार्यक्रममा बर्दिया क्षेत्र नं.१ का एमाले उमेद्धवार बामदेव गौतम र नेपाली काग्रेसका उमेद्धवार सञ्जयकुमार गौतमले आफु निर्वाचित भए बालश्रम न्युनीकरणका लागि आफुहरुले पहल गर्ने बताए ।