२ मंसिर २०७४, शनिबार

मोरङ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनले विजय हासिल गरे लोकतन्त्र नभई लुटतन्त्र भने खतरामा पर्ने स्पष्ट पार्नुभएको छ ।

शनिवार विराटनगरमा संचारकर्मीहरुसंग अध्यक्ष ओलीले वामगठबन्धनसंग नडराउन आग्रह गर्दै आफुहरुले विजयी हासिल गरे कानुनी राज्य, प्रतिष्पर्धात्मक बहुदलीय प्रणाली र भ्रष्टाचार अन्त्य तथा समाजवाद उन्मुख जनताको सरकार दिने जिकिर गर्नुभयो । अध्यक्ष ओलीले निर्वाचन बिथोल्ने उद्देश्यले विभिन्न घटना भईरहदा समेत सरकारको क्रियाशीलता नबढेकोमा गुनासो व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको सुरक्षा सम्बन्धमा सरकार फितलो भएको टिप्पणी गर्दै कामचलाउ सरकार भएका कारण राजीनामा नमागेको र शान्ति सुरक्षाको स्थिति सुदृढ बनाउन सरकार संग आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सरकारले निर्वाचनलाई प्रभावित पार्न राज्य संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाउदै यस्तो कार्य नगर्न सरकार र कर्मचारीतन्त्रलाई सचेत गराउनु भयो ।

LIVE TV