
काठमाण्डौ । निर्वाचन विरोधी गतिविधिमा संलग्न २ सय भन्दा बढीलाई पक्राउ गरिएको गृहमन्त्रालयले जनाएको छ । निर्वाचन सुरक्षामा चुनौती देखिएपछि सुरक्षा निगरानीमा कडाईं गरिएको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न २ सय भन्दा बढीलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको बताइएको छ । उम्मेदवार लक्षित बम विस्फोटको श्रृंखला वढेपछि सुरक्षा निगरानी कडा पारिएको गृहले जनाएको छ । सुरक्षा चुनौती वढेसंगै केन्द्रीय सुरक्षा समितिले आवश्यक परेको खण्डमा सेनालाई समेत आवश्यक जाँचको जिम्मा दिएको छ । निर्वाचन क्षेत्रको सुरक्षा विश्लेषण गरि सेनाले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्ने छ । योसंगै जिल्ला सुरक्षा समितिलाई पनि बढी सर्तकता अपनाउन गृहमन्त्रालयले निर्देशन दिएको छ ।
प्रदेश र प्रतिनीधिसभा निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न जल्लामा उम्मेदवार लक्षित विस्फाटनका घटना बृद्धि भएको छ । घटनामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको संलग्नता रहेको भनिएपनि पक्राउ परेकाहरु सो पार्टीको भए नभएको बारेमा भने गृहमन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन ।