२ मंसिर २०७४, शनिबार

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेललाई कारवाही गरिएको छ । चिकित्सकलाई हातपात गरेको पुष्टि भएपछि पोखरेललाई कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक पोखरेललाई कारवाहीका लागि प्रदेश नम्बर १ को प्रदेश प्रहरी कार्यालय विराटनगरमा जिम्मा लगाएको छ । दोषीलाई कारवाहीको माग गर्दै आन्दोलित बनेका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि सर्वपक्षिय बैठक डाकिएको थियो ।
सर्वपक्षीय बैठकले पोखरेललाई दोषी करार गर्दै कारवाहीका लागि प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय लिएको थियो ।

सरोकारवालाहरुले अस्पतालको सुरक्षा व्यवस्था मजबुत बनाउने र गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाएपछि आन्दोलित स्वाथ्यकर्मीहरु काममा फर्किएका छन् ।

LIVE TV