२ मंसिर २०७४, शनिबार

काठमाण्डौ । आगामी निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । पहिलो चरणमा हुने ३२ जिल्लामा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ गतेका लागि सार्वजनिक विदा दिन आग्रह गरिएको हो ।

मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र धेरैजसो कर्मचारीहरू निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने भएकाले सर्वाजनिक विदाका लागि आग्रह गरिएको आयोगले जनाएको छ । यसैगरी, आयोगले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मङसिर ७ देखि १० गतेसम्म र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मङ्सिर १८ देखि २१ गतेसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसहरूमा सार्वजनिक विदा दिन पनि आग्रह गरेको छ ।

चुनावमा धेरैजसो मतदान केन्द्र सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसमा रहेकाले चुनावका लागि चार दिन शिक्षण संस्थामा बिदा दिन आग्रह गरिएको आयोगले जनाएको छ ।

LIVE TV