
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बाँकी रहेको आफ्नो राजनीतिक जीवन सुनसरीमा बिताउने प्रतिबद्धता गर्नुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवा– ४ मा आज आयोजित बृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रममा अर्थमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
उहाँले आफू टाढाको नभई भोजपुरको भएको बताउनुहँुदै भोजपुर र सुनसरीको सम्बन्ध नङ र मासुको जस्तो छ भन्नुभयो । नेपाली काँग्रेसकातर्फबाट सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका अर्थमन्त्री कार्कीले अब यहाँको विकास निर्माणको काम पूरा गर्ने जिम्मा आफ्नो भएको दाबी गर्नुभयो ।
मन्त्री कार्कीले यहाँ रहेको शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानीलगायतका समस्याको समाधान गर्नका लागि आफू चुनावी मैदानमा आएको बताउनुभयो ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अर्थमन्त्री कार्कीले फूलमाला अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो ।