१ मंसिर २०७४, शुक्रबार

स्पेनी सरकारले राज्य टुक्राउने अभियानमा सम्लग्न रहेको आरोपमा पक्राउ पूर्जी जारी गरेका क्याटलोनियाली नेता चाल्र्स पुज्डमोन लगायतका चार नेतालाई स्पेन सरकारलाई सुपुर्दगी गर्ने वा नगर्ने निर्णयमाथि हुने सुनुवाईमा सहभागी हुन शुक्रबार बेल्जियमको अदालतका उपस्थित भएका छन् ।
म्याड्रिडले देश टुक्राउने असफल अभियानमा लागेका पुज्डमोन र उहाँका चार पूर्वमन्त्री गत महिना बेल्जियममा शरण लिन गएपछि उनीहरूलाई पक्राउ पूर्जी जारी गरेको थियो ।

तर क्याटलोनियाको स्वतन्त्रता अभियानमा सहभागी ती नेताले आँफूलाई स्पेनी अदालतले न्यायपूर्ण निर्णय नदिने डरमा स्पेनी अदालतमा उपस्थित नभएपछि उनीहरूलाई यूरोपी कानून बमोजिम पक्राउ गरी सुपुर्दगी गर्न स्पेनले आग्रह गरेको थियो ।

बेल्जियमको अदालतले क्याटलोनियाली विद्रोही नेता तथा उनीहरूको वकीलबाट भनाई सुन्ने र सुपर्दगी गर्न भनी स्पेनले गरेको आग्रह जायज लागेमा उनीहरूलाई स्पेन प्रशासनलाई जिम्मा लगाउने छ ।

LIVE TV