
- विश्वराज तामाङ
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको भौतिक संरचना निर्माण गर्नका लागि स्थानीयवासीले निःशुल्क जग्गा दान गरेका छन् । जिल्लाको विकट पहाडी क्षेत्रमा रहेको गाउँपालिकाको केन्द्र स्थापनाका लागि स्थानीयहरुले १० रोपनी ९ आना जग्गा निःशुल्क दान गरेका हुन् ।
गाउँपालिका केन्द्र भुट्टार २ का स्थानीयवासीले जिल्ला मालपोत कार्यालय उदयपुरमा दानपत्र मार्फत जग्गा दान गरेका हुन् । उनीहरुले भुट्टार ४ क अन्तर्गतका विभिन्न कित्ताको जग्गा गाउँपालिकाको भौतिक संरचना निर्माणको लागि दान गरेको बताएका छन् ।
जग्गा दान गर्नेहरुमा स्थानीय विष्णुकुमार ज्यू ठकुरी , हेमबहादुर रास्कोटी, प्रेम कुमारी, वन्नता कुमारी रास्कोटी, मेघ बहादुर ज्यू ठकुरी, पवित्रा कुमारी शाही, बाल कुमारी रास्कोटी, तेज बहादुर शाही, मिथुला मल्ल, पवित्रा हरि कुमार ज्यू ठकुरी, खड्ग कुमारी, गायत्रा दाहाल, प्रकास ज्यू ठकुरी, विकास ज्यू ठकुरी, सन कुमारी मल्ल, पुष्प बहादुर शाही र विष्णु कुमारी ज्यू ठकुरी र मल्ल ठकुरी रहेका छन् ।
गाउँपालिका केन्द्र तोकिए पनि पर्याप्त जग्गा र भौतिक संरचनाको अभावमा नै गाउँपालिका संचालन हुदै आएकाले स्थानीयहरुले जग्गा प्रदान गरेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काको भनाई छ । सीमित भौतिक साधन र स्रोतमा गाउँपालिका संचालन भैरहेको र त्यसलाई व्यवस्थित गर्नका लागि स्थानीयले प्रदान गरेको जग्गाको सदुपयोग गर्ने खड्काको प्रतिबद्धता छ ।
गाउँ सभामानै स्थानीयले जग्गा नकिन्नको लागि आग्रह गरेका थिए । गाउँपालिकामा अन्य विभिन्न
गाउँमै विकास देख्न पाईन्छ र भावी सन्ततिको लागि समेत राम्रो हुने भन्दै आफुहरुले जग्गा दान गरेको जग्गा दान गर्न सदरमुकाम गाईघाट आईपुगेकी ८० बर्षीया बृद्धा सनकुमारी मल्ले बताईन् ।
उदयपुरको साबिकको भुट्टार, नामेटार, रौता, पोखरी, लाफागाउँ गाविसलाई समयोजन गरेर रौतामाई गाउँपालिका स्थापना गरिएको हो । सदरमुकाम गाईघाटबाट ६० किलोमिटर उत्तर रहेको गाउँपालिका केन्द्र पूर्वाधारको अभावमा रहदै आएको छ । ०००