१ मंसिर २०७४, शुक्रबार
  • प्रदीपराज दाहाल

काठमाडौं । पहिलो चरणको निर्वाचन हुन ९ दिन बाँकी रहँदा सुरक्षा चुनौती देशभर बढेको छ । उम्मेद्वारहरु निरन्तर निशानामा पर्दा आम मतदाताहरुलाई समेत सुरक्षाको सुर्ताले सताएको छ ।

हरेक दिन उम्मेद्वारहरुलाई लक्षित गरि आक्रमण हुँदा सम्म सुरक्षाको व्यवस्था फितलो देखिनुले अनेकौ आशंका जन्माएको छ । आक्रमण भएपछि सुरक्षा संयन्त्रको अनुसन्धान भएपनि बम बनाउने सामग्री कसरी नेपाल भित्रिदै छ भन्ने प्रश्न समेत प्रमृुख बनेको छ । आक्रमण गर्ने हरेक वस्तु भित्रिने सवालमा सीमाको सुरक्षा र सरकारको लाचारीपन प्रष्ट झल्किएको देखिन्छ ।

सरकारमा रहेका मन्त्री हुन् वा नाम चलेका उम्मेद्वार । सुरक्षाको एक समूह लिएर चुनावी प्रचार प्रसारमा होमिएका राजनीतिक दलका नेताहरुमाथि श्रृङखलाबद्ध आक्रमण भएपनि मुलुकको सिंगो सुरक्षामाथि प्रश्न उठेको छ । नियोजित रुपमा आक्रमण भइरहँदा सरकारले कुनै नयाँ सुरक्षा रणनीति निर्माण हुन सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं गृहमन्त्रालय आफनो मातहतमा राखेका छन् तर, न त अहिलेसम्म कुनै सुरक्षा रणनीतिको विषयमा मन्त्रालयमा बैठक नै बसेको छ । तर, मन्त्रालय भने सुरक्षा चुनौतीको विषयमा यसो भन्छ ।

आक्रमणका घटनाले मुलुकलाई सशंकित पार्दै गएको छ । १० वर्षे सशस्त्र द्वन्द्वको जस्तो त्रासमा मतदाता देखिएका छन् । बम आक्रमण गर्ने आक्रमणकारी भन्दा पनि बम निर्माण गर्ने सामग्रीको आयात कसरी भइरहेको छ भन्ने पहिलो प्रश्न सबै सुरक्षा निकायले बुझन जरुरी छ । के भारतसँग जोडिएका सीमा मुख्य ट्रान्जिट प्वाइन्ट हुन् ।

यदि हो भने सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाउन जरुरी छ । यदि सुरक्षाको विषयमा अझै पनि गम्भीर नबन्ने हो भने ऐतिहासिक निर्वाचन भन्दा आम मतदाताहरुले आफनो जिउधन ठूलो हो भन्ने सोंच्न बाध्य पारिए परिस्थिति कस्तो होला ? गम्भीर बन्न आवश्यक छ ।

 

 

LIVE TV