१ मंसिर २०७४, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरुमाथि हिसांत्मक आक्रमण हुनु गलत भएको भन्दै सरकारसमक्ष चुस्त सुरक्षा रणनीति निर्माण गर्न आग्रह गरेको छ । उम्मेदवारहरुलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असर पर्ने गरि भएको आक्रमणबारे सरकारको ध्यानाकर्षण गराउँदै सुरक्षा प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको हो ।

शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरूले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले आयोगलाई स्तब्ध तुल्याएको जनाएको छ । आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग पुनः छलफल गरेर आक्रमणका घटना रोक्न समेत सरकारसँग पहल गरेको छ ।

विज्ञप्ति मार्फत् आयोगले बढ्दो आक्रमणका घटनाले लोकतन्त्र जस्तो सुन्दर पद्धतिमा समस्या आउने काम रोक्न समेत आग्रह गरेको छ । त्यसैगरि संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्ण रूपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन सकिने व्यवस्था रहँदा रहँदै जनचाहना विपरितका हिंसात्मक घटनाहरू गराई निर्वाचनविरोधी गतिविधिहरु सञ्चालन नगर्न, नगराउन सम्बद्ध सरोकारवालाहरुलाई निर्देशन दिइएको समेत जनाएको छ ।

 

LIVE TV