१ मंसिर २०७४, शुक्रबार
  • सरद राई,

एजेन्सी । चर्चित कमेडियन कपिल शर्मा चाँडैने आफ्नो शो ‘द कपिल शर्मा शो’को साथ टिभिमा फर्कने भएका छन् । न्युज एजेन्सी आइएएनएससँग कुरा गर्दै कपिलले यस कुराको पुष्टि आफैले गरेका हुन् ।

रिपोर्टका अनुसार सोनी इन्टरटेन्मेन्ट टेलिभिजनको कार्यकारी उपाध्यक्ष तथा विजनेस हेड दानिश खानले पनि कपिल चाँडैनै टिभिमा फर्कदैं गरेको बताएका छन् । समाचारमा आएअनुसार कपिलको स्वास्थ्य खराबी भएको कारण उनले केही साताको लागि आफ्नो शो बन्द गर्ने फैसला लिएका थिए । त्यस समय कपिल आफ्नो स्वास्थ्यको समस्याहरुसँग जुधिरहेका थिए ।

उनी अस्वस्थ भएकै कारण केहि शुटहरु क्यान्सिल गर्नु परेको थियो, जँहा स्टार्सहरु शुटिङ नगरिकनै फर्कन बाध्य भएका थिए । अहिले कपिल आफ्नो आगामी फिल्म ‘फिरंगी’को प्रोमोशनमा जुटिरहेका छन् । कपिलको साथमा यस दृश्यमा नजर आईसकेकी इशिता दत्त पनि मुख्य भुमिकामा छिन् । यस फिल्मको निर्माता कपिल आफै हुन् ।

यस फिल्मलाई राजीव धींगराले निर्देशन गरेका हुन् । कपिलको यो फिलम २४ नोभेम्बरमा रिलिज हुनेछ ।

 

LIVE TV