१ मंसिर २०७४, शुक्रबार

रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले शुक्रबारबाट सेवा शुभारम्भ गरेको छ । कम्पनीले कात्तिक २६ गते कारोवार अनुमति पाएपछि शुक्रबारबाट कारोवार शुरु गरेको हो ।

शुक्रबारबाट कारोवार शुरु गरेको कम्पनीले ३ वटा जीवन वीमा योजना सञ्चालनमा ल्याएको छ । साथै कम्पनीले निकट भविष्यमै ४ वटा वीमा योजना ल्याउने जनाएको छ । हाल संस्थापकबाट १ अर्ब ४७ करोड चुँक्ता पुजी रहेको कम्पनीमा १ सय १३ जना प्रर्वद्धकमा रहेका छन् । कम्पनीले निकट भविष्यमा सर्वसाधरणको लागि ६३ करोडको रुपैयाँ शेयर जारी गर्ने जनाएको छ । सर्वसाधारणको लागि शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी रु २ अर्ब १० करोड पुग्ने कम्पनीको भनाई छ । नेपालीहरुको आयस्तर बढेको र नेपालको कुल ग्राहस्थ उत्पादन उच्च रहेकोले नयाँ वीमा कम्पनीहरुको आगमनले व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीले लिएको छ ।

 

 

LIVE TV