
मंसिर १, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जना शुक्रबार पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुले गौचनको सूचना सुटरलाई दिने तथा हत्यामा प्रयोग गरिएका हतियार लुकाउन मद्दत गरेको प्रहरीले जनाएको छ ।
गौचन हत्यामा संलग्न मुख्य सुटरसहित ५ जनालाई प्रहरीले गत मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो ।पक्राउ परेकाहरुको साथबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद भएको छ ।घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने अझै फरार छन् ।
मागेजति फिरौती नदिएका कारण गौचनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।