१ मंसिर २०७४, शुक्रबार

सर्वोच्च अदालतले समयावधि बढाउने भएको छ । आजबाटै लागु हुने गरेर विहान १० बजेदेखि साँझ ५ बजेसम्म नै कार्य सञ्चालन गरिने सर्वोच्चले जनाएको छ ।

मुद्दाको कार्यवोधलाई ध्यान दिँदै समयावधि बढाउने निर्णय भएको बताइएको छ । आइतबारदेखि बिहीबारसम्म ५ बजेसम्मै र शुक्रबार ४ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयो । अदालतको कार्य समय सुरु भएको आधा घन्टापछि नै इजलाश सञ्चालन गर्ने सर्वोच्चको फुलकोर्टबाट निर्णय भएको हो ।

सर्वोच्च अदालत नियमावली अनुसार न्यायालयमा अतिरिक्त समयमा काम गराउन प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार मुद्दाको कार्यबोझ घटाउन अक्तिरिक्त समयमा अदालत सञ्चालन गर्न लागिएको बताइएको छ । न्यायाधीशहरु साढे ९ मा अदालत आउनुपर्ने १० मा इजलाश तोक्ने, १ बजेदेखि २ बजेसम्म खाजा समय र अपराह्न नियमित कार्यालय समयपछि समेत आधा घन्टासम्म इजलाशको काम गर्न सकिने फुलकोर्टको निर्णयमा उल्लेख छ । यसअघि सर्वोच्च अदालतमा साढे १० मा न्यायाधीश उपस्थित हुँदै आएका थिए ।

११ बजे इजलाश सञ्चालन हुने र ४ बजे समाप्त हुँदै आएको थियो । हाल सर्वोच्चमा २० हजार मुद्दा विचाराधीन छन् । संविधानमा सर्वोच्चमा २१ जना स्थायी न्यायाधीश हुने व्यवस्था छ । हाल दुई जना न्यायाधीश रिक्त छन् ।

 

 

LIVE TV