१ मंसिर २०७४, शुक्रबार

माझीगाउँ (सिन्धुपाल्चोक)— चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्संख्यक समुदाय माझी गाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरिहाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन्। सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन्।

अबिरल बहिरहने इन्द्रावती नदीको सुन्दर यो गाउँमा उनी फिल्म सुटिङका लागि आएकी होइनन्। केही समयका लागि फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा आएकी हुन्। अभिनेतृबाट उनले महिला नेतृको परिचय पनि थपेकी छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) कि सहमहामन्त्रीसमेत हुन्। उनका पार्टी अध्यक्ष पशुपतिसम्शेर राणा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन्।,समाचार आजको नागरिकमा छापिएको छ

रेखाले भनिन्, ‘यस पटक पनि राणालाई हराए सिन्धुवासीलाई पाप लाग्छ!’ राति सुत्नुअघि राणाको विषयमा गम्भीर भएर सोच्न उनले मतदातासँग आग्रह गरिन्। त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो। ‘लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रचार गर्न यहाँ आएकी हुँ,’ उनले नागरिकन्युजसँग भनिन्, ‘विशेष त हाम्रा अध्यक्ष (राणा) लाई जिताउने अभियानमा छु।’ माझी समुदायसँग भोट मागेपछि उनले राणाको पक्षमा देखिएको लहरले उत्साही भएको बताइन्।

LIVE TV