
दक्षिण कोरियाली नागरिक र विदेशीबीच हुने गरेको बैवाहिक सम्बन्ध (बहुसांस्कृतिक विवाह) मा कमी आएको दक्षिण कोरियाले जनाएको छ ।
यसरी हुने गरेको विवाहमा सन् २०१६ को तुलनामा सन् २०१७ मा ३.४ प्रतिशतले कमि आएको छ । दक्षिण कोरियाली सरकारले बिहीबार प्रकाशन गरेको एक प्रतिवेदनमा सो जानकारी दिइएको छ ।
सन् २०१७ मा यसरी गरिने विवाहको संख्या २१ हजार ७०९ रहेको थियो जुन सङ्ख्या सन् २०१६ मा २२ हजार ४६२ रहेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ ।
गत बर्ष भएको सवै विवाहमा ७.७ प्रतिशत सांस्कृतिक बिवाह भएको थियो । यस बर्षको सुरुदेखि हालसम्म यस बिवाहमा ०.३ प्रतिशतले बृद्धि भएको सो विभागले जनाएको छ ।