३० कार्तिक २०७४, बिहीबार

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका गोरखापत्र संस्थान शाखाको आजको संयुक्त बैठकले धातृप्रसाद सुवेदीको संयोजकत्वमा सात सदस्यीय समन्वय समिति गठन गरेको छ ।

दुवै संगठनको आजको शाखास्तरीय कार्यसमिति बैठकले समितिका सदस्यमा केशवराज खनाल, मोहनप्रसाद दाहाल, नगेन्द्र सापकोटा, ऋ्रतुराज सुवेदी, अर्पणा अधिकारी र शिवमाया तामाङलाई जिम्मा दिएको छ । दुवै संगठनको केन्द्रीय नीतिबमोजिम सो समन्वय समिति गठन गरिएको हो ।

चौतारीका केन्द्रीय सल्लाहकार श्रीधरप्रसाद आचार्य, केन्द्रीय सचिव भउचप्रसाद यादव, केन्द्रीय सदस्य प्रकाश सिलवाल एवं सेन्टरका केन्द्रीय सदस्य करुण अर्याललगायतको उपस्थितिमा सम्पन्न बैठकले ‘गोरखापत्र’ दैनिकलाई समयसापेक्ष, सन्तुलित र व्यावसायिक बनाउन पहल गर्ने तथा व्यवस्थापनसमक्ष माग गर्ने निर्णय गरेको छ ।

LIVE TV