३० कार्तिक २०७४, बिहीबार

एजेन्सी । पछिल्लो समय अस्ट्रेलिया नेपालि विद्यार्थीको लागि मुख्य गन्तव्य बन्दै गएको छ। विदेशी विद्यार्थी सम्बन्धी नीति सजिलो  बनाउँदै २४ मार्च २०१२ बाट ‘स्ट्रिमलाइन भिसा’ प्रक्रिया शुरू गरेपछि नेपाली विद्यार्थीलाई सहज भएका छन् । नेपालमा राम्रो प्रतिशत ल्याउन सफल विद्यार्थी अस्ट्रेलियानै रोज्ने गर्छन्।

विद्यार्थीहरुले उच्च शिक्षाको गन्तव्य बनाउन चाहेको अस्ट्रेलियामा उच्च शिक्षा हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने  र पीआर प्रक्रियामा सामेल हुन पाउने भएकोले उनीहरु अस्ट्रेलियामानै अध्यन गर्न  चाहान्छन्।

अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस्थानमा रहेको एक तथ्यांकले जनाएको छ।

अस्ट्रेलियाको तथ्यांक विभागले सन् २०१६ को जनगणनाको आँकडाका अनुसार ‘पाँच नेपाली युवामध्ये चारले काम पाउने गरेको देखिएको छ’ ।

 

 

 

LIVE TV