३० कार्तिक २०७४, बिहीबार

गोरखा । माओवादी केन्द्रका वरिष्ठ नेता तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम प्रहार गरिएको छ।

वाम गठबन्धनको बैठकमा सहभागी भएर फर्किनेक्रममा श्रेष्ठलाई लक्षित गरी गोरखा क्षेत्र नम्बर २ को सिरदी खोला नजिकै अज्ञात समुहले वम विष्फोट गराएको हो। वम श्रेष्ठको गाडी नजिकै विष्फोट भएको थियो। बम विष्फोटबाट कुनै मानवीय क्षति नभएको बताइएको छ।

LIVE TV