३० कार्तिक २०७४, बिहीबार

एजेन्सी। तौलिया हामी हात , जिउ , अनुहार आदि पुस्नको लागि प्रयोग गर्छौं। भिजेको वा नुहाएर जिउ पुछेको तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो भन्ने भनाइ न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको हो।

भिजेको तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण  रहेका हुन्छन् । जसमा ‘माइक्रोब्स’को सजिलैसँग बाच्न सक्ने वातवरण हुन्छ। कुनै पनि तौलिया धुनु अघि तीन पल्ट प्रयोग गर्ने र  हरेक पल्ट प्रयोगपछि तौलिया पूर्ण रुपमा सुख्खा भयसी मात्र  प्रयोग गर्नु उपयुक्त हुने   टियर्नो  बताउछन्।

जब  तौलियाबाट गन्ध आउन थाल्छ तब  त्यहाँ ‘माइक्रोब्स’ मौलाइरहेका छन् भनेर थाहा पाउन जरुरि छ । त्यसपछि  तत्काल तौलिया धोइहाल्नुपर्ने  टियर्नो जानकारी दिएका छन् । यदि त्यसो नगरिएमा ब्याक्टेरियाले भरिपूर्ण तौलियाले शरीर पुछ्दा शरीरमा ती ब्याक्टेरिया सर्छन्।

तौलिया कहिले पनि अरुसँग साझा गर्नु हुदैन यदि गरेमा  एक व्यक्तिको जीवाणु र संक्रमण अर्कोमा सर्न सक्छ। त्यसैले रोगबाट बच्न सफा र अरुले प्रयोग नगरेको तौलियाको प्रयोग गरौ स्वास्थ्य रहौ।

 

LIVE TV