
- सरद राई,
एजेन्सी । संजय लीला भंसलीको फिल्म ‘पद्मावती’माथि जारी विवाद बिस्तारै सेलाउँदै गईरहेको छ । यो फिल्मको रिलिज मिती यहि डिसेम्बर १ तारीखलाई तोकिएको छ । तर, अहिले सम्म यो फिल्म डिसेम्बर १ तारीखको दिन सिनेमाघरमा लाग्छ नै भन्ने पक्का भइसकेको छैन ।
त्यसोत, यो फिल्म सुरुवातको समय देखिनै निकै चर्चामा रहँदै आएको फिल्म हो । यो फिल्मको कहानी, स्टार कास्ट, कष्ट्युम लगाएत विभिन्न विवादका कारण निकै चर्चामा रहँदै आएको हो । विवादमा आएपछि पनि यो फिल्म पुनः चर्चामा आएको छ । यस फिल्ममा देखाइएको लीड अभिनेत्री दिपीका पादुकोणले लगाएकी गहना करिब २० के.जी. को रहेको बताइएको छ ।
समाचारमा बताइएअनुसार त्यस गहना बनाउनका लागि ४०० के.जी. सुनको मोल गरिएको छ । ४०० किलो सुनको मुल्यको हिसाब गर्ने हो भने करिब ११ करोड ७९ लाख भारतीय रुपैंया पर्दछ । यस गहनालाई यसै फिल्मको ज्वेलरी डिजाइनर क्वीता रावतले जानकारी दिएकी हुन् । उनी तनिष्कका डिजाइनर हुन् ।
डिजाइनर क्वीताको भनाईअनुसार यस कहानी १३ औं र १४ औं शताब्दीको रहेको बताउँदै उनले भनिन्, ‘‘त्यस समयको रानीले कस्तो गहना लगाउँथिन, यसको रेकर्ड कतै पनि पाईएन । कुनै सामग्री किताबहरु पनि पाइएन, जुन हामीलाई जानकारी मिल्न सक्थ्यो ।’’
यस सम्बन्धी जानकारी जुटाउनको लागि क्वीताको टीम भारत भरी भ्रमण नै गरे भने कैयौं म्युजियमहरुको चक्कर लगाएका थिए । उनले भनिन्, ‘हामीले गहना बनाउनका लागि निकै रिसर्च ग¥यो । धेरै राजा,,महारानीहरुको गहनाहरु सम्बन्धी किताबहरु पढ्यौं । र धेरै इतिहाकारहरु सँग पनि सोध्यौं की त्यस बखतका रानीहरुले कस्तो खालको गहना लगाउँथे ?’’
१३ र १४ औं शताब्दीका रानीहरुले लगाउने गहना बनाउन निकै मुस्किल त थियो नै । त्यसैले ‘पद्यावती’ रानीको गहना बनाउँनकै लागी ६०० दिन सम्म काम गरिएको थियो । त्यसैले यस गहनाको लागि ४०० किलो सुनको मोल गरिएको हो । गहनामा धेरै स्टोन्सहरु प्रयो गरिएको बताइएको छ ।
यस फिल्ममा दिपीकालाई सिर्फ गहनाको भारी मात्र थिएन । उनको कष्ट्युम्सको वजन पनि निकै भारी थियो । बताइए अनुसार लगभग दिपीको आफ्नो वजन जत्तिनै गहना र कष्ट्युम्सको वजन थियो । दिपीकालाई पद्मावती बनाउँनको लागि कमसेकम १ घण्टा लाग्थ्यो ।