
उत्तर प्रदेश ,दीपिका पादुकोण पद्मावतीको भूमीकामा खेलेको फिल्म पद्मावती रिलिज अगावै बलिउडमा तनावको विषय बनेको छ ।उत्तर प्रदेशका करणी सेना नामक एक समूहले यदि यो चलचित्र रिलिज भएमा नायिका दिपिकाको नाक काट्ने धम्की दिएका छन् ।
उता पद्मावती फिल्मको विरोध भएकै कारण उत्तर प्रदेश स्थीत गृह मन्त्रालयले सूचना तथा प्रसारण गृहमा एक खवर गरी स्थीती भयानक देखीन सक्ने भन्दै राज्यमा स्थानीय नगर चुनाव भईरहेको र यो अवस्थामा यदि फिल्म रिलिज भए हिंसा मच्चिन सक्ने जानकारी गराएका छन् ।
बताईएअनुसार पद्मावती फिल्मको स्क्रिप्टमा ऐतिहासिक तथ्यलाई बिगारेर थपघट गरीएको जसका कारण उक्त क्षेत्रका र इतिहाँस प्रती सद्भाव राख्नेहरु चिढिएका छन् र यति आक्रोशीत देखीन्छन् कि फिल्म रिलीज पछि परिस्थीती तनावग्रस्त हुनसक्छ ।
त्यस्तै फिल्मका डाईरेक्टर संजय लीला भंसालीको जिउ धनमा क्षति हुनसक्ने सूचना पाएलगत्तै अफिस एवं घरमा मुम्बई पुलीसलाई शुरक्षाको लागी तैनाथ गरीएको छ।