
मीनेन्द्र रिजाल र ऋषिकेश पोखरेल
कांग्रेस कोइराला परिवारको विरासत फर्काउन चाहन्छ । वाम गठबन्धन जित दोहोर्याउने दाउमा छ । दुवै दलको आक्रामक चुनावी रणनीतिले मोरङ २ को चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ ।
प्रतिनिधिसभातर्फका कांग्रेस उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य मीनेन्द्र रिजाल बिहानैदेखि मत माग्न घरदैलो धाइरहेका छन् । टोलटोलमा सभा गर्ने, मतदाताका गुनासा सुन्ने र आफूले जिते यो क्षेत्रकै समग्र विकास गर्ने बाचा गरिरहेका भेटिन्छन् ।
वाम गठबन्धनबाट एमाले उम्मेदवार ऋषिकेश पोखरेल पनि उसैगरी मतदाता रिझाउन लागिपरेका छन् ।
यो क्षेत्रमा एमालेले एक पटक मात्र जित निकालेको छ । त्यस अवधिमा आफूले गरेका काम र भविष्यको मार्गचित्रसहित उनी टोलटोलमा हुने बैठकमा पुगिरहेका छन् ।
कोइराला परिवारको विरासत मानिँदै आएको यो क्षेत्र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले गुमाएको थियो ।
यो खबर आजको कान्तिपुरमा छ, इतिहास भने कांग्रेसका पक्षमा बढी ढल्किएको छ । गिरिजाप्रसाद कोइरालाले २०४८, ०५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए ।