३० कार्तिक २०७४, बिहीबार

उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको मोबाइल केही दिनयता धेरै समय अफ हुन्छ। चन्दा माग्नेको फोनबाट आजित भएपछि मोबाइल अफ गर्न थालेका हुन्। मंगलबार भेट हुँदा कसैलाई फोन गर्नुपर्दा मोबाइल अन गर्ने उनी कुराकानी सिद्धिनेबित्तिकै अफ गरिरहेका थिए।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले चुनावको मिति घोषणा भएकै दिन मोबाइलको फोन बुकमा सेभ नभएका नम्बरबाट कल नआउने बनाएका थिए, जुन चुनावको दिनसम्मै रहनेछ।

बस्नेत चन्दा÷सहयोग पनि चेकमार्फत दिन्छन्। यसअघि उनले चेकमार्फत कम्पनीकै खाताबाट दिएको चन्दा रकम कर प्रयोजनका लागि खर्च नमानिएपछि यसपालि व्यक्तिगत खाताबाट चन्दा दिनुपरेको छ।

सामान्यतया पार्टीले चन्दा संकलन गरी उम्मेदवारलाई बाँड्नुपर्ने हो। सबैजसो पार्टीको चन्दा संकलन संस्थागत कम, व्यक्तिगत बढी छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

संस्थागत चन्दा संकलनमा रुचि नदेखाएका दलले उम्मेदवारलाई चुनाव खर्च दिँदैनन्, दिए पनि टोकन मनीको रूपमा। उम्मेदवार आफैं चन्दाका लागि भिड्ने भएकाले बजारमा चन्दा आतंकको अवस्था छ। ‘पार्टीले मात्र चन्दा संकलन गर्ने थिति बसालेको भए यस्तो अवस्था हुन्थेन,’ मुरारका भन्छन्।

LIVE TV