३० कार्तिक २०७४, बिहीबार

मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोईराला र एमालेका उम्मेदवार लालबाबाु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, तपार्ईको उम्मेदवारी केका लागि ?

उनीहरु दुवैको उत्तर एउटै छ, विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।

मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् ।

विराटनगरका धेरैजसो वडा समेटिएका मोरङका निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ का प्रतिनिधिसभाका उम्मेदवारमात्र होईन, प्रदेशसभाका उम्मेदवारलाई पनि मुख्य चुनावी अजेन्डा विराटनगरलाई राजधान िबनाउनु नै हो ।

यी सबै उम्मेदवारले प्रदेश नम्बर १ को राजधानी विराटनगर बनाउने मुद्धामा नै मतदातालाई रिझाउने कोसिस् गरिरहेको छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेका छ ।

LIVE TV