२९ कार्तिक २०७४, बुधबार
  • news24nepal

काठमाडौं ।  जनतालाई सेवा दिनुपर्ने बैदेशिक रोजगार विभागले सेवा भन्दा पनि जनता र सेवाग्राही लुट्ने मात्रै काम गरिरहेको छ भन्ने पछिल्ला उदाहारणहरुले स्पष्ट पारेको छ ।

सानो सानो काममा अल्झाएर घुस दिन वाध्य पार्ने र नदिए उनीहरुको काम नै नगरिदिने यहाँको चलन रहदै आएको छ भन्ने तथ्य पछिल्लो समय १० लाख घुस सहित विभागका महानिर्देशक विश्वराज पाण्डे सहितका कर्मचारी पक्राउ पर्नुले पुस्टी गरेको छ । विभाको मुख्य पदमा बसेका पाण्डे जसले बिभागलाई सञ्चालन गर्नुपर्ने हुन्छ उनी ले नै यती मोटो रकम घुस लिएका छन भने सोच्नुहोस् अन्य कर्मचारीहरुले के गर्लान । यसले गर्दा बैदेशिक रोजगारीका नाममा हजारौँ नेपालीहरु दैनिक ठगिइरहेका छन ।

विदेशी भुमीमा आकर्षक तलब सुविधा देखाएर लाखौँ कुम्ल्याउने अनि फरार हुने दलालहरुको कुनै कमी छैन यहाँ । म्यानपावरहरुले लाखौँ रुपयाँै लिएर विदेश पठाएपनि भने जस्तो काम,दाम र सुवीधा नपाएपछी गुनासो गर्न जानेको भनेको वैदेशिक रोजगार विभाग नै हो । तर यस्ता दलालहरुलाई कारवाही गर्ने निकायका मुख्य व्यक्तिलेनै मोटो रकम लिदै गर्दा रङ्गेहात समातिएपछि दलालको प्रबृत्ति र बिभागका कर्मचारीहरुको बिचमा कुनै पनि फरक देखिएको छ्रैन ।

२०७२ साल देखि अहिले सम्म वैेदशिक रोजगार विभागमा महानिर्देशक सहित ६ अधिकृत घुस लिदैँ गर्दा रङ्गे हात पक्राउ परको छन् । अख्तियारको पटक पटकको अप्रेशनबाट विभागका लेखा अधिकृत,कानुन अधिकृत,शाखा अधिकृत तथा नायव सुब्बापक्राउ परेका छन् । तर मंगलबार म्यानपावरको मुद्वा मिलाउने वहानमा भएको घुस काण्डमा प्रत्यक्ष विभागका महानिर्देशक विश्वराज पाण्डेकै संलग्नता देखीएको अख्तीयारले जनाएको छ ।

यस अघि २०७३ असोज १७ गते विभागका शाखा अधिकृत रमेश लामिछाने म्यानपावरकै मुद्वा मिलाइ दिने भन्दै १० लाख घुस सहित कार्यालयबाटै पक्राउ परेका थिए । यस्तै २०७२ साल फागुन २७ गते वैदेशिक ठगीको मुद्वा मिलाइदिने भन्दै म्यानपावरसँग १ लाख घुस लिदैँ गर्दा विभागका कानुन अधिकृत उत्तम प्रसाद खरेल कार्यालयमै पक्राउ परेका थिए ।

विभागमै २०७३ बैशाख ५ गते मेनपावरले राखेको धरौटी रकम फिर्ता दिन १० हजार घुस लिदँै गर्दा लेखा अधिकृत प्रकाश आचार्य पक्राउ परेका थिए । २०७४ कार्तिक २८ गते म्यानपावर सुचार गर्न सर्वोच्च अदालतबाट आदेश भैसके पनि विभागका कर्मचारीले १५ लाख मागे थिए । तर १० लाखमा कुरा मिलेपछि मंगलबार बानेश्वर स्थीत इन्द«ेणी फुड ल्याण्डमा घुस लिदैँ गर्दा शाखा अधिकृत कृतिवल्भ पौडेल र नायव सुब्बा खड्ग केसी रङ्गे हात पक्राउ परेका थिए । विभागका महानिर्देशक नै पक्राउ परेको चाँही यो पहिलो घटना हो ।

स्वदेशमा रोजगारीका कुनै अवसर नभएपछि विदेश जाने गरिब नेपाली युवाहरुसँग बैदेशिक रोजगार विभागका कर्मचारीले घुस लिने क्रम झन् झन् बढेको छ । महानिर्देशक विश्वराज पाण्डेदेखि काठमाडौं कार्यालयका प्रमुख तेजराज पाण्डेसम्मको सेटिङमा घुसखोरी मौलाएको गुनासो भुक्तभोगीहरुको रहेको छ । घरखेत बन्दकी राखेर साहुसँग मिटर ब्याजमा पैसा लिएर विदेशमा रोजगारीमा जाने युवाहरु बैदेशिक रोजगार विभागदेखि म्यानपावर दलालहरुको ठगीमा पर्ने गरेका छन् ।

पटक पटक देखिएका घटनाहरुले कर्मचारीहरूका लागि वैदेशिक रोजगार विभाग कमाउने ठाउँ बनेको छ । एउटा कर्मचारीले सरुवा भएर कामको प्रकृति बुझिनसक्दै उसको ठाउँमा अर्को कमाउन आइपुग्ने भएकाले विभागमा सिस्टम बस्नै सकेको छैन । जसका कारण बैदेशिक रोजगार विभाग अन्तर्गतका सबै कार्यालयहरुमा भ्रष्टाचार र घुसखोरीको कारण वदनाम बन्दै आएका छन् । यसरी श्रृङखलाबद्व वैदेशिक रोजगार विभागका अधिकृत देखी निर्देशक नै घुस सहित समातिनुले सर्वसाधारणको लागि विभागको उपयोगिता माथि नै प्रश्न खडा भएको छ । यी र यस्ता प्रवृत्ति आखिर के कारणले भइरहेको छ ? अनि मुलुकमा भ्रष्टाचार बढ्नको कारण बारे जानकारहरु भन्छन् ।

दिन प्रतिदिन भ्रष्टाचार बढ्दै जानु देशका लागि निक्कै ठूलो चिन्ताको बिषय हो । भ्रष्टाचार घट्नुको सट्टा बढिरहेको छ र अक्सर ठूलो र सेटिङमा भ्रष्टाचार हुन थालेको छ यसलाई रोक्न सरकारी कदमहरु सक्रिय हुुनुपर्ने जानकारहरुको भनाई छ ।यस्ता प्रवृत्तिका जो कोहीलाई कानुनी कठघरामा उभ्याउन जरुरी छ । र समूल रुपमै यस्ता प्रवृत्तिको अन्त्यका लागि सबै पक्ष जिम्मेवार रुपले लाग्नु पर्दछ ।

LIVE TV