२९ कार्तिक २०७४, बुधबार
  • रिया भण्डारी

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानको एमबीबीएस प्रवेश परीक्षाको अनियमितता बिरुद्द बिद्यार्थीका बिभिन्न संघ संगठनहरु एकबद्ध भएका छन् । नेबि संघ,अनेरास्ववियु ,अनेरास्ववियु क्रान्तिकारीले बुधबार सयुक्त बिज्ञप्ति जारी गर्दै गत असोज २८ गतेको प्रवेश परीक्षा रद्द गर्दै छिटोभन्दा छिटो पुनः परीक्षाको मिति तोक्न सयुक्तरुपमा माग गरेका छन् ।

प्रहरीको अनुसन्धान ब्युरोले इलेक्ट्रोनिक डिभाइस प्रयोग गरी प्रश्न पत्र बाहिरिएको प्रतिबेदन बुझाइसक्दा पनि पुनः परीक्षाको मिति तोक्न ढिलाई गरेको भन्दै बिद्यार्थीहरु थप आन्दोलित भएका छन् । प्रवेश परीक्षाका बिद्यार्थीहरुको आन्दोलनलाई समर्थन गर्दै पुनः परीक्षाको माग सहित नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रन्तिकारीले अनियमितता भएको परीक्षाको कुनै औचित्य नहुने भन्दै गत असोज २८ गतेको परीक्षा रद्द गरेर तत्काल पुनः परिक्षाको मिति तोक्न सयुक्तरुपमा माग गरेका हुन् ।

त्यसैगरी नेविसंघले जारी गरेको छुट्टै विज्ञप्तिमा २४ घन्टाको अल्टिमेटम दिएर पुनः परिक्षा नभए आन्दोलनमा उत्रिने उल्लेख गरेको छ । नेविसंघले आइओएमको डीन डा जगदीश अग्रवालको राजीनामा समेत माग गरेको छ । त्यसो त यता प्रवेश परीक्षामा चिट चोरीमा संलग्न १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। प्रहरीको अनुसन्धानमा धेरै बिद्यार्थीहरुले डिभाइसमार्फत चिट चोरेको पुष्टि सहितको प्रतिवेदन आईओएममा बुझाएपनि आईओएममले अहिलेसम्म नजिता प्रकाशन गर्ने वा परिक्षा रद्द गर्नेबारे निर्णय नगर्दा परीक्षामा संलग्न ८ हजार विद्यार्थीहरु अन्यौलमा परेका छन् ।

LIVE TV