
- दान बहादुर बुढा
मुगु । रारा तालको छेउमा रहेको मुर्मा रारा गाँउलेहरुले लगाएको जौ ,गँहुको अन्न बाली बँदेलले नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । दिनमै बदेलहरु खेत बारीमा आएर अन्नबाली खानथालेपछि भोकमरी हुने समस्याले सताउन थालेको छ ।
८६ घर धुरी भएको रारा मुर्माका गाँउलेहरुको बदेलले हजारौ रोपनीमा लगाएको अन्न बाली नष्ट गर्न थालेपछि बाली बिग्रने भन्दै स्थानीय दुखि हुन थालेका छन् । आफनो बाली मासिने क्रम बढ्दै गएपनि रारा राष्ट्रिय निकुञ्ज कार्यालयले बँदेलहरुलाई नियन्त्रण गर्न पहल कदमी नलिएको स्थानीयहरुले गुनासो गरेका छन् ।
बँदेलले सताएपछि निकुञ्जका कार्यालय प्रमुख संरक्षण अधिकृत चन्द्रशिखर चौधरीले कार्यालयको तर्फ बाट बदेललाई लखेट्न काम भैरहेको दाबी गर्नुभयो । उहाँले बाली नष्ट गर्ने बदेललाई नियन्त्रणमा लिने काम अघि बढाइएको समेत बताउनुभयो ।
निकुञ्जमा संरक्षणको अभियानमा यस्ता जनावर फस्टाएपनि उचित व्यबस्थापन नहुँदा स्थानीयलाई भने सास्ती थपिँदै गएको छ ।