
- दीपक उपाध्याय
कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
बुधबार धनगढीमा प्रदेश नम्बर ७स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घघाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्ला केही दिनहरुमा प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुमाथि सुरक्षा खतरा बढेको भन्दै उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले उम्मेदवारले असुरक्षित महसुस गरेको खण्डमा सुरक्षा उपलब्ध गराउन समेत सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले चुनाव प्रचारका क्रममा उम्मेदवारमाथि भएको आक्रमण चुनाव विरोधीहरुको कायरता भएको समेत बताउनु भयो ।