२९ कार्तिक २०७४, बुधबार
  • सरिना मरासिनी

रुपन्देही। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचलाई मध्यनजर गर्दै रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अन्य जिल्लाको तुलनामा रुपन्देही संवेदनशील मानिने भएकाले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा पारिएको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

रुपन्देहीका मतदाताहरुलाई मतदान गरेर घर फर्किने समयसम्म पूर्णरुपमा सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले १ हजार ६ सय ६६ नेपाल प्रहरी र २ हजार ३ सय ७८ म्यादी प्रहरी परिचालन भैरकेको र ३३ वटा मोवाईल गस्ती टोली मतदान स्थलमा पुगिसकेको प्रहरी प्रमुख ज्ञनालीले बताउनुभयो ।

रुपन्देहीमा मतदान स्थलहरुलाई वर्गीकरण गरि सुरक्षा व्यवस्था मिलाईएको प्रहरीले जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य गरि वर्गीकरण गरिएको छ । संवेदनशील गांउँमा ठूलाबढाको मनोमानी चल्ने ठांउ , संवेदनशीलमा सिके राउतको पकेट क्षेत्र मानिएको ठांउँ र सामान्यमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह रहेको उपरीक्षक ज्ञनालीको भनाई छ ।

रुपन्देहीमा २ सय ८ मतदान स्थल र ५ सय ५८ मतदान केन्द्र रहेकोमा ७५ मतदान स्थल र १ सय ८४ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् । ४२ मतदान स्थल र १ सय ४२ मतदान केन्द्र संवेदनशील र ९१ मतदान स्थल र २ सय ७८ मतदान केन्द्र सामान्य रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

 

LIVE TV