
- तारा आचार्य
मोरङ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन नजिकिदै जान थालेपछि मोरङमा विभिन्न पार्टीका उम्मेदवारहरुले घरदैलो कार्यक्रम र प्रचारात्मक अभियानलाई संगसंगै लैजान थालेका छन् । नेताहरु निर्वाचनको बेलामा नमस्कार गर्दै आउने र निर्वाचन सकिए पछि फर्केर नआउने गरेको सर्वसाधारणरु बताउछन छन् । मतदाताको यही गुनासोबीच यति बेला उम्मेदवारहरुलाई भोट माग्न भ्याई नभाई छ ।
उम्मेदवारहरु बिहानको समयमा घरदैलो कार्यक्रम गर्दै क्रियाशील कार्यकर्ता भेला गरी अन्तक्र्रिया गर्दै आफ्ना भावी योजना र प्रतिबद्धता जानकारी गराईरहका छन् । मतदाताहरुलाई विहानै घर घरमा भेटिने भएकाले नेताहरु विहानै घरदैलोमा निस्कने गरेका छन् । जनताको घर घरमा पुगेका उम्मेदवारमा जनताले बढी सपना नबाडी विकास र सम्बृद्धिको काम गर्न माग गरेका छन् ।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेश सभाका लागि १ सय ६९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । मोरङमा पूर्व मंत्रीहरु महेश आचार्य, डा. मिनेन्द्र रिजाल, एमाले नेता लालबाबु पण्डित, त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, अमृत अर्याल र विना विभागीय मन्त्री शिवकुमार मण्डल लगायतका नेताहरु घरदैलो अभियानमा जुटेका छन् ।