२९ कार्तिक २०७४, बुधबार

एजेन्सी । गायक सन्दीप ग्याबा तामाङको  ‘तकदिर’ एल्बम पछि दोस्रो गीति एल्बम सार्वजनिक गरेको छ । उनि लामो समयदेखि विदेशलाई कर्मथलो बनाउँदै नेपाली संगीतमा पनि सक्रिय रहँदै आएका छन् । उनको यस  पटकको गीत भाका ‘जोर मादलको जुइना’  रहेको छ ।

यो गीतमा ओखलढुंगाको पश्चिमी क्षेत्रमा गाइने लोपोन्मुख भाकामा  समेटेको सन्दीपले बताए। गायक स्वयंले ग्रामीण परिवेशमा युगल जोडीको प्रेमलाई प्रस्तुत गरिएको गीतको लय र शब्द संकलन  गरेका हुन्। र  संगीत संयोजन राजु खड्काले गरेको छ।

आरबी लामा सिङ्दानले निर्देशन गरेको भिडियोमा गायक सन्दीपका साथै रुपा एस घले र सुष्मा मोक्तानले अभिनय गरेका छन्। गीतमा हास्य कलाकारद्वय वीरेन्द्र ग्यावा तामाङ र विकल लामा पनि देखिएका छन्।

LIVE TV