
काठमाडौं । युएई पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच मंगलबार ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक भेटवार्ता गरेकी छन् । साथै उनीसँग अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा.अमाल अल कुबैसीले पनि भेटवार्ता गरेकी छन् ।
संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले अबुधावीस्थित मस्दार नगरको भ्रमण समेत गरेकी छन् । साथै उनले अबुधावीस्थित मस्दार नगरको भ्रमणका क्रममा कम्प्युटर पर्दामा आफ्नो औँलाबाट हस्ताक्षर गरी डिजिटल रूपमा दर्ता गरेकी छन् ।
