२९ कार्तिक २०७४, बुधबार

मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेकी नीति शाह नेपालको प्रतिनिधित्व गर्दै जापानमा मिस इन्टरनेसनल २०१७ को प्रतियोगितामा भाग लिई रहेकी थिइन्।

जापानमा रहदा एउटा अन्तर्क्रियात्मक कार्यक्रममा नीतिले दिएको  विचारको बिषयमा यतिबेला  सामाजिक संजालमा ठुलो स्थान पाइरहेको छ  केहि घण्टामा नै राम्रा र नराम्रा पक्षमा प्रतिक्रिया हरु बाहिर आए । नीतिको सो विचारमा राम्रा भन्दा पनि नराम्रा प्रतिक्रिया धेरै आएको पाइयो।

अन्तरराष्ट्रिय प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीबाट नेपालले पनि ठूलै आशा गरेको हुन्छ । किनकी, नेपालबाट प्रतिनिधित्व गर्ने सहभागीले नेपालको बिषयमा अन्य देशका सुन्दरी, आयोजक र त्यहाँका जनतालाई राम्रो सन्देश दिन आवश्यक छ ।तर, नेपालको प्रतिनिधित्व गर्दै यो स्टेजमा पुगेकी नीती शाहले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा बोलेको कुरा अहिले सर्वाधिक विवादित बनिरहेको छ र उनि  आलोचित हुँदैछिन्,

उनले नेपाल विकासोन्मुख राष्ट्र भएको र शिक्षाले सामाजिक बिकासमा लिनु पर्ने गति लिन नसकेको स्थितिमा  नेपालको महिला शिक्षाको बारेमा आफ्नो मन्तब्य राखेकी थिइन् । त्यसै क्रममा उनले नेपालमा दुइ प्रकारका महिलाहरु रहेको र एक सहरिया, शिक्षित महिलाहरु र अर्को ग्रामिण भेगको महिला जसलाई सामान्य सरसफाई, आफ्नो क्षमता र त्यसलाई कसरि प्रयोग गर्ने भन्ने बारेमा थाहा नरहेको बताएकी थिईन ।

सोहि मन्तब्यमा नीतिले आफु सहरिया  वर्गबाट आएको र उचित शिक्षा र पालनपोषणको राम्रो भएको तर आफ्नै देशमा धेरै महिलाहरु छन् जो बेश्या बनि बेचिनु परेको अवस्था रहेको बताईन ।

उनले भनेकी छिन्-‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं । एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्को वर्गमा ग्रामीण महिलाहरू छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन । म शहरी महिलाभित्र पर्छु जसले एउटा धेरै राम्रो स्कुलमा पढेपछि राम्रो उच्च शिक्षा पनि पाएँ । तर मेरो देशमा त्यस्ता धेेरै महिला छन् जो ‘वेेश्या’का रूपमा विभिन्न देशमा बेचिन्छन् । ग्रामीण महिलाहरूलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरूसँग दुई वटा विकल्प छन्ः कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’

बिकशित देश जस्तो नेपालमा महिलाहरुको लागि पर्याप्त अवसरहरु नरहेको स्थितिमा महिलाहरु लाइ अगाडी ल्याउन महिलाहरु नै सहयोगी हुनु पर्ने र यहि नै महिलाहरु को एक शक्तिको रुपमा लिन सकिने बताइएको थिइन् । महिलाले महिलालाइ अगाडी ल्याउन हातमा हात मिलाएर सहयोग गरेको खण्डमा कुनै पनि उपलब्धी प्राप्त गर्न सहज हुने नीतिले आफ्नो धारणा राखेको थिइन् ।

नीती शाहले बोलेको यो कुराको अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ । उनलाई धेरैले अनुहार मात्र राम्रो भएपनि विचार निकै तल्लोस्तरको रहेछ भनेर आलोचना गरेका छन् । सामाजिक संजालमा उनलाई ब्यङ्ग्य गर्दै ट्रोल पनि बनेका छन् ।

 

 

 

LIVE TV