२९ कार्तिक २०७४, बुधबार

देशका विभिन्न जिल्लाहरुमा स्थानीय प्रशासनलाई प्रभावमा पारेर अवैद्धकाम लिइदै आईएको छ । केहि मानिसहरुले केहि सुरुक्षा निकाय र प्रशासनका मानिसहरुलाई हातमा लिएका छन् जस बापत मुलुकका धेरै जिल्लामा पैसाको चलखेल हुन्छ । गुण्डा पालेर र पैसा बाडेर राज्यलाई गुमराहमा राखी करोडौँ कमाउनेहरुलाई लाख २ लाख घुस खुवानु कुनै ठुलो कुरा होइन तर समस्या, कुकर्म गरी पैसा कमाउन पल्केकाहरुको होइन समस्या राज्यले दिएको अधिकारको दुरुप्रयोग गरी सम्पत्ती कमाउने केही झुर राष्ट्रसेवकको हो जो पैसा को लोभमा राज्यलाई दिर्घकालीन नोक्सान पु¥याउने माफियाहरुसँग साँठगाँठ राख्छन् । तर यो त्यही देश हो जहाँ कयाँै राष्ट्रसेवकहरु आजिवन इमान्दार बनेर आदर्शको दरीलो प्रतिमुर्ती बनी चरम गरीबीसँग सिघौरी खेल्दै रिटार्यड हुन्छन् । अनि छोरा छोरीको पढाई खर्च र विहेवारी गर्न बावु बाजेले दिएको खेतवारी बेच्छन् ।

स्थानीय गुण्डाहरुको डरत्रासले अनैतिक कामलाई सघाउनेहरुको पनि ठुलो जमात छ तर दिन दहाडै फिरौती नदिएको आरोपमा गोली ठोकेर मानिस मारिने शहरमा र उमेदवारहरुलाई नै बम पट्काएर उडाउने प्रयास हुने शहरमा आफ्नो ज्यानको माया आँफैले नगरे कस्ले गर्छ ? अब बाँकी रह्यो पत्रकारीता क्षेत्रको कुरा । सबैलाई दोष लगाएर आँफु जोगिने कुरै आउँदैन । पत्रकारीता क्षेत्रका केही व्यतिmहरु पनि यो दलालीमा लागेका छन् । प्रत्येक बर्ष दशै खर्च र बेला बेलामा पाइने दबादारुको लोभमा फसेका केही पत्रकार मित्रहरु यस्ता कालो कर्तुतमा संलग्नहरुको भण्डाफोर र पर्दाफास गर्नुको साटो तिनैको अन्तरर्वाता छापेर र प्रशारण गरेर घर खर्च र साझको बार खर्च चलाइरहेका छन् ।

डेरा भाडा तिर्न नसक्दा पनि, छोराछोरीको स्कुल फि र्तिन नस्कदा पनि र बर्षमा एक जोर र्सट पाइन्ट फेर्न नसक्ने पत्रकारहरु आफ्नो इमान जोगाउने संकट झेली रहँदा तस्कर र माफियाको वरीपरी भुनभुनाउने केही पत्रकारहरु प्रत्येक महिना सर्टको बटन सिलाउँछन्, तैपनि मोटाएर टाँक चुडीएको चुडीएई हुन्छ । सत्य कुरा बोल्न र खोल्न डराउने पत्रकारले पत्रकारीता छोडेर मम पसल खोलेको राम्रो ।

LIVE TV