२९ कार्तिक २०७४, बुधबार

आइतबार गएको शक्तिशाली भूकम्पका कारण मङ्गलबार अबेरसम्म इरानमा मात्रै चार सय ४५ जनाको मृत्यु भएको इरानी अधिकारीले बताएका छन् ।

इरान र इराकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ७.३ म्याग्निच्युडको भूकम्पका कारण घाइते हुने इरानीको संख्या ७ हजारभन्दा बढी रहेको इरान सरकारले जनाएको छ । भूकम्पका कारण दर्जनौ ग्रामिण बस्तीहरूमा रहेका भौतिक संरचनामा नराम्रोसँग क्षति पुगेको छ । यसैबीच इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार भूकम्प प्रभावित क्षेत्र कर्मशाह प्रान्तको भ्रमण गरी भूकम्पका कारण क्षतविक्षत बनेका बस्तीहरूको अवलोकन गरेका छन् । राष्ट्रपति रौहानीले भूकम्पबाट ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै विपतको यो वेला अविचलित बन्दै उद्धारका काममा सहयोग पुर्याउन स्थानीय जनता, सुरक्षाकर्मी लगायतका उद्धार टोलीलाई आग्रहसमेत गरेको इरानी टेलिभिजनले जनाएका छन् ।

उद्धारमा इरानी सेना, इश्लामिक रिभोलुसन गार्ड कप्स, स्वयम्सेवक बासिज बल, रेड क्रिसेन्ट र इश्लामिक रिभोलुसन हाउजिङ् फाउन्डेसन लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाले भूकम्पबाट प्रभावित सबैलाई उपचार, औषधि, बास तथा खाद्यान्न लगायतका अतिआवश्यकीय सामग्रीमार्फत सहयोग पुर्याएका छन् ।

LIVE TV