
काठमाण्डौ । मंसिर १० र २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेद्वारहरुमाथि आक्रमणका घटना बढेसँगै निर्वाचन अयोगले सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेको छ । आयोगले सुरक्षा निकायहरुसँगको छलफलका क्रममा सुरक्षालाई चुस्त बनाउन निर्देशन दिएपनि उम्मेद्वारहरुमाथि आक्रमण हुने क्रम नरोकिएपछि सुरक्षा चुनौती बढ्दै गएको निष्कर्ष निकालेको हो ।मंगलवार बाम गठबन्धनका उम्मेद्वारहरुमाथि भएको आक्रमण्को निन्दा गर्दै निर्वाचन आयोगले उम्मेदवारहरुलाई मात्र नभई मतदाताहरुमा समेत सुरक्षा चुनौती बढेको भन्दै सुरक्षित हुन आग्रह गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन आग्रह गर्नुभयो ।
त्यसैगरि आयोगले सुरक्षाको विषयमा प्रधानमन्त्री देखि पुनः सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेर नयाँ सुरक्षा रणनीति तयार पार्ने समेत जनाएको छ । त्यसैगरि आयोगले चुनावी प्रचारप्रसारका क्रममा उम्मेद्वारहरुलाई संयम भएर चुनावी प्रचारप्रसार गर्न आग्रह समेत गरेको छ ।