२८ कार्तिक २०७४, मंगलवार

काठमाडौं । गत असोज २८ गते भएको एमबीबीएस प्रवेश परिक्षा प्रकरणमा त्रिभुवन विश्वाविद्यालयद्वारा गठित छानविन समितिले पुनः परिक्षा लिनुपर्ने सुझाव दिएको छ । समितिले मंगलबार प्रतिवेदन बुझाउँदै पुनः प्रवेश परिक्षा लिनुपर्ने सुझाव दिएको छ ।

प्रवेश परिक्षामा प्रश्न पत्र बाहिरिएको भन्दै एमबीबीएस प्रवेश परिक्षा विवादमा तानिएपछि विश्वविद्यालयले एक समिति गठन गरेको थियो । यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले पनि प्रश्नपत्र बाहिरिएको र चिट चोरी भएको उल्लेख गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले गत असोज २८ गते भएको परीक्षामा इलेक्ट्रोनिक डिभाइस मार्फत चिट चोर्ने बिद्यार्थी र चोराउने गिरोह सहित १६ जनालाई पक्राउ गरेको थियो ।

किस्ट कलेज, वागमती बोर्डिङ, अरुणिमा स्कुल र नामी कलेजबाट डिभाइसहित चिट चोरिरहेका विद्यार्थीहरु पक्राउ परेपछि प्रवेश परिक्षामा संलग्न बिद्यार्थीहरुले परिक्षामा अनियमितता भएको भन्दै पुनः परिक्षाको माग सहित आन्दोलन गर्दै आएका छन् ।
प्रश्न पत्र बाहिरिएको पुष्टि भैसक्दा पनि आइओएम भने पुनः परिक्षाको पक्षमा नभएको बिद्यार्थीहरुको आरोप छ ।

LIVE TV