२८ कार्तिक २०७४, मंगलवार

ट्र्याक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्र्याक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो ।

परीक्षणकै क्रममा रहेको नयाँ ट्र्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताउनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LIVE TV